सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रानीवासमा महिला सामुदायिक भवन निर्माण


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १५:०८ 
  • भोजपुर, १६ चैत । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।

    रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको उहाँको भनाइ छ । 

    भवन नहुँदा वर्षायाम तथा प्रतिकूल मौसममा भेला तथा छलफल सञ्चालन गर्न झन् कठिन हुने गरेको थियो । तर अहिले सामुदायिक भवन निर्माण भएसँगै अब उनीहरूलाई नियमित बैठक, सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रम, बचत तथा ऋण समूहका गतिविधि सञ्चालन गर्न सहज भएको छ । 

    यसले महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । यहाँ सामुदायिक भवन निर्माणका लागि वडाले आवश्यक सहयोग गरेको उहाँको भनाइ छ । 

    सामुदायिक भवन स्थानीय तहको सहयोग तथा समुदायको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो । स्थानीय अगुवाहरूका अनुसार भवन निर्माणले महिला सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । अब महिलाहरूले आफ्ना समस्या, योजना र अवसरबारे खुला रूपमा छलफल गर्न पाउने वातावरण सिर्जना भएको छ । साथै, गाउँमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि यो भवन उपयोगी बनेको छ । 

    दीर्घकालीन रूपमा यस भवनले गाउँको सामाजिक एकता मजबुत बनाउने र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण आधार तयार गर्ने स्थानीयको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.