सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्चालन हुने


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १५:०१ 
  • काठमाडौँ, १६ चैत । जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा दूतावासले घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
    उक्त घुम्ती शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि ‘लाइभ इन्रोलमेन्ट’ कार्य, बच्चाको राहदानी नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत सेवाहरु प्रदान गरिने छ ।

    विद्युतीय राहदानी नवीकरण÷नयाँ जारीका लागि एक हजार ६०० स्लट खुलाइएकामा सबै स्लट बुक भइसकेको र आवश्यकताअनुसार थप स्लट आज बेलुका ५ बजे खुलाइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस कार्यका लागि राहदानी विभागबाटसमेत दुई जना कर्मचारी जापान जाने कार्यक्रम तय भएको छ । साथै, यस घुम्ति शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने छ ।

    नेपाल सरकार÷नेपाली राजदूतावासबाट निर्धारित राजस्व बाहेक कही, कतै, कुनै पनि रकम नबुझाउन र नलिन तथा उक्त राजस्व पनि सम्बन्धित स्थानमा मात्र बुझाउन दूतावासले जानकारी गराएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.