सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १४:५६ 
  • जनकपुरधाम, १६ चैत । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ । 

    सो कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिकटन युरिया, रु २९ करोड ७९ लाख सात हजार मूल्य बराबरको छ हजार ३२० मेट्रिकटन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बरारको १८८ मेट्रिकटन पोटास बिक्री गरेको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिनुभयो ।

    धनुषा तथा महोतरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ । उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ । हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेटिकटन डिएपी मल तथा ३६१ मेट्रिकटन पोटास मौज्जदात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ ।

    हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्जदात रहेको उहाँले भन्नुभयो । उहाँले पालिकाका किसानका लागि छुट्याइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो । धनुषा तथा महोतरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरीद गरी ल्याउने गरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.