सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ओमानविरुद्ध जवाफी ब्याटिङमा, अहिलेसम्म छ विकेटको क्षतिमा ११६ रन, विनोद पनि आउट


  •    न्युजभित्तो/२२ माघ २०७६, बुधबार १५:३४ 
  • काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३४ ओभरको खेलमा छ विकेटको क्षतिमा एक सय १६ रन जोडेको छ ।

    नेपालका लागि अहिले शरद भेषवाकर र करन केसी क्रिजमा छन् । भेषवाकरले ८० बल खेल्दै ४१ रन बनाएका छन् । भर्खरै विनोद भण्डारी आउट भएपछि केसी क्रिजमा आएका हुन् । २५ बलको सामना गरेका भण्डारीले २६ रन बनाएर आउट भएका हुन् ।

    नेपालले चौथो ओभरको पाँचौ बलमा कप्तान ज्ञानेन्द्र मल्ल, पाँचौँ ओभरको तेस्रो बलमा पूर्वकप्तान पारस खड्का, २१औँ ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी, २४औँ ओभरको पहिलो बलमा आरिफ शेख, २३औँ ओभरकै दोस्रो बलमा रोहितकुमार पौडेललाई गुमाइसकेको छ । मल्ल १ रन, खड्का ३ रन, ऐरी ३६ रन, शेख ६ रन बनाउँदा आउट भए । पहिलो बलमै आउट भएका रोहितले कुनै रन जोड्न सकेनन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन बनायो । ओमानले ५७ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ६० रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काए । गौड ३३ रनमा आउट भए ।

    तर नदिम अन्तिमसम्म टिके र अर्धशतकसँगै ओमानलाई मध्यम स्कोरमा पुर्याए । । उनी ६९ बलमा अविजित रहे । ९६ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

    नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो । १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले ४५ रन खर्चिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.