सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ओमानविरुद्ध जवाफी ब्याटिङमा, अहिलेसम्म पाँच विकेटको क्षतिमा एक सय १४ रन, लक्ष्य १९८ रन


  •    न्युजभित्तो/२२ माघ २०७६, बुधबार १५:२४ 
  • काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३२ ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोडेको छ ।

    नेपालका लागि अहिले शरद भेषवाकर र विनोद भण्डारी क्रिजमा छन् । भेषवाकरले ७८ बल खेल्दै ४० रन बनाएका छन् । २० बलको सामना गरेका भण्डारीले २५ रन बनाएका छन् ।

    नेपालले चौथो ओभरको पाँचौ बलमा कप्तान ज्ञानेन्द्र मल्ल, पाँचौँ ओभरको तेस्रो बलमा पूर्वकप्तान पारस खड्का, २१औँ ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी, २४औँ ओभरको पहिलो बलमा आरिफ शेख, २३औँ ओभरकै दोस्रो बलमा रोहितकुमार पौडेललाई गुमाइसकेको छ । मल्ल १ रन, खड्का ३ रन, ऐरी ३६ रन, शेख ६ रन बनाउँदा आउट भए । पहिलो बलमै आउट भएका रोहितले कुनै रन जोड्न सकेनन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन बनायो । ओमानले ५७ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ६० रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काए । गौड ३३ रनमा आउट भए ।

    तर नदिम अन्तिमसम्म टिके र अर्धशतकसँगै ओमानलाई मध्यम स्कोरमा पुर्याए । । उनी ६९ बलमा अविजित रहे । ९६ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

    नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो । १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले ४५ रन खर्चिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    • विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.