सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएनः गृहमन्त्री गुरुङ


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार १६:४८ 
  • काठमाडौँ, १३ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

    जेनजी आन्दोलनको अगुवाइ गर्नुभएका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको थियो । सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गर्नुभएका मन्त्री गुरुङ आफैँ निजी कार चलाएर मन्त्रालयबाट बाहिरिनुभएको थियो ।

    “नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु”, मन्त्री गुरुङले भन्नुभयो ।

    एकद्वार प्रणालीमार्फत सेवा प्रवाह

    मन्त्रालयमा पदबहालीपश्चात् जेनजी सहिद परिवार र घाइतेलाई साक्षी राखेर गृहमन्त्री गुरुङले मन्त्रालय तथा मातहतको निकायबाट हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत प्रदान लैजाने निर्णय गर्नुभयो ।

    मन्त्री गुरुङले जेनजी आन्दोलनका सहिद परिवार र घाइेतलाई राज्यका तर्फबाट सुविधा दिनका लागि विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरिने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.