सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुधबारदेखि हुने आइसीसी विश्वकप लिग दुईको तयारी पूरा, नेपालले उद्घाटन खेल ओमानसित खेल्दै


  •    न्युजभित्तो/२१ माघ २०७६, मंगलवार २३:४३ 
  • काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

    काठमाडौँमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उहाँको भनाइ थियो । आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताउनुभयो । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गर्नुभयो । मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उहाँको भनाइ थियो ।

    क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उद्घाटन खेल ओमानसित खेल्दैछ ।

    सिरिज जित्ने तीनै कप्तानको लक्ष्य

    पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताउनुभयो । उहाँहरुले आफ्नो टोली बलियो रहेको दाबी गर्नुभयो । कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउनुहुन्छ । घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उहाँको भनाइ थियो ।

    पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उहाँ बताउनुहुन्छ । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताउनुभयो । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गर्नुभयो ।

    अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी

    अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी भएको छ । नेपालले उक्त खेल ३७ रनले जितेको हो । मूलपानीस्थित क्रिकेट मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले ब्याटिङ गर्दै १११ रन बनायो । ११२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो ।

    नेपालले पहिला ब्याटिङ गर्दै ३३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाउनुभयो । यस क्रममा उहाँले पाँच चौका हान्नुभयो । पवन सर्राफले १९ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले दुई दुई विकेट लिनुभयो ।

    यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाउनुभयो । बलिङतर्फ नेपालका शेर मल्लले चार, सागर ढकालले तीन तथा पवन शर्राफले दुई विकेट लिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.