सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार १६:१२ 
  • लुम्बिनी, १० चैत । बुद्ध जन्मस्थल लुम्बिनीको फोहर व्यवस्थापनका लागि ‘सरसफाइ अध्ययन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ । 

    लुम्बिनी सांस्कृतिक नगरपालिका–५ ढोडहवामा उक्त सरसफाइ अध्ययन केन्द्र सञ्चालन गरिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । 

    सरसफाइ अध्ययन केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमूना बनाउने दिशामा महत्वपूर्ण सुरुआत भएको बताउनुभयो । उहाँले बर्सेनि १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव सकारात्मक रुपमा बदलिने उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्नुभयो ।

    उहाँले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिँदै अब योजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा प्रदेशसभा सदस्य रत्नबहादुर खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनलगायतले सरसफाइ केन्द्र स्थापनाबाट लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापनमा सहज हुने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.