सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार १३:२१ 
  • कञ्चनपुर, १० चैत । शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै आएका ज्येष्ठ नागरिकलाई राहत पुगेको छ ।

    वडा कार्यालयले आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरी टोल–टोलमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्न थालेको हो । ज्येष्ठ नागरिकमा बढी देखिने उच्च रक्तचाप, मधुमेह, स्वासप्रश्वाससम्बन्धी, ग्यास्ट्रिकलगायत नसर्ने रोगको परीक्षण र उपचार घर नजिकैबाटै हुन थालेपछि उनीहरु लाभान्वित भएका छन् ।

    आधारभूत स्वास्थ्य चौकीका प्रमुख हरि नाथका अनुसार वडा कार्यालयले दुई वर्षदेखि निरन्तर बजेट व्यवस्था गरेपछि कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हाल वडाका चार टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिँदै आएको छ । प्रत्येक महिनाको २१, २२ र २३ गते टोलमै पुगेर नसर्ने रोगको पहिचान, उपचार, औषधि वितरण तथा जटिल प्रकृतिका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गर्नेलगायत काम हुँदै आएको छ ।

    स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई नसर्ने रोगबाट बच्ने उपाय, नियमित औषधि सेवन, सरसफाइ, व्यायाम तथा पोषणयुक्त सन्तुलित भोजनको प्रयोगबारे परामर्श दिने गरिएको स्वास्थ्यकर्मी नाथले बताउनुभयो । नियमित परीक्षणका कारण रोग समयमै पहिचान गर्न र नियन्त्रणमा राख्न सहयोग पुगेको उहाँको भनाइ रहेको छ ।

    वडाध्यक्ष चक्रबहादुर खडकाले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार वडाबाट बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मी परिचालन गरिएको र हालसम्म २५० भन्दा बढी ज्येष्ठ नागरिक यस कार्यक्रमबाट लाभान्वित भएका छन् । घर नजिकै स्वास्थ्य परीक्षण र औषधि सेवा पाउन थालेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.