सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार ११:१९ 
  • चितवन, १० चैत । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उहाँका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ ।

    प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएका छौँ ।” यसबाट विभिन्न वन्यजन्तुको अखेटोपहारहरू लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रण गर्न सकिएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

    स्थानीयस्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.