सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार ११:११ 
  • जलेश्वर(महोत्तरी), ९ चैत । बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ ।

    इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्य बराबराको इँटा पूर्णरुपमा क्षति भएको छ ।

    इँटा उत्पादनका लागि सबैभन्दा अनुकुल मानिएको माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरुले १५ देखि २०÷२२ लाखको हाराहारीमा लागत लगाएर  परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडाँैको क्षति पु¥याएको उहाँले बताउनुभयो ।

    औरही नगरपालिका– २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक सङ्कट परेको गुनासो गर्नुभयो ।

    इँटा उद्योग सञ्चालकहरुले कडा मेहनत र करोडाँै लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेका इँटा आकस्मिक रुपमा आएको भीषण वर्षाले बगाएपछि इँटा उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही– ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताउनुभयो । 

    बेमौसमी वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम रु आठ लाखदेखि अधिकतम २२ लाखसम्मको क्षति पुगेको जनाइएको छ । 

    अध्यक्ष चौधरीले भन्नुभयो, “हामी क्षतिको लगत सङ्कलन गरेर सम्बन्धित निकायमा क्षतिपूर्ति तथा अनुदानको व्यवस्था मिलाइदिन गर्दछौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.