सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार १०:४७ 
  • सिद्धार्थनगर (भैरहवा), ९ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ ।

    मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले यो परियोजना सुरु गरिएको हो ।

    सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले तयार पार्नुभएको हो ।

    मन्दिर प्रशासनका अनुसार विभिन्न प्रशासनिक जटिलताका कारण निर्माणकार्य केही समय प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा अघि बढाइएको छ ।

    यसैबीच, मन्दिर निर्माणस्थलको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिज तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ ।

    लुम्बिनीमा निर्माणाधीन यस मन्दिरले “अप्प दीपो भव” अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने बुद्ध बचनलाई आत्मसात् गर्दै विश्व समुदायमा शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

    यो मन्दिर निर्माणसँगै विश्व शान्तिका लागि नयाँ अभियान सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.