सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार १२:४१ 
  • नेपालगञ्ज, ८ चैत । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । 

    कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका छन् ।  

    एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी हुनु मानव अधिकार उल्लङ्घनको गम्भीर समस्या भएको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया तथा शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । 

    त्यसै गरी सो टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि अनुगमन गरेको छ । सो हिरासतमा अहिले ६१ जना थुनुवा छन् । केही थुनुवाको म्याद थप नभइ अनुसन्धानका क्रममा रहेको अवस्था भेटिएको एडभोकेसी फोरमका संयोजक गौतमले जानकारी दिनुभयो । 

    अनुगमन टोलीले कारागारमा रहेका कैदीबन्दीको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ र न्यायिक प्रक्रियामा देखिएका चुनौतीको विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिएको छ । टोलीले कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवनयापन र आधारभूत मानव अधिकार पनि नरहेको उल्लेख गरेको छ । इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा र खानाको गुणस्तर सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

    नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी छन् । अनुगमन टोलीले कैदीबन्दीहरूको आवास क्षमता बढाउनुपर्ने, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह र शिक्षा, धार्मिक अभ्यासको व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालेको संयोजक गौतमको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.