सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार १२:२३ 
  • म्याग्दी, ८ चैत । यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई रदुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।

    ती भवन निर्माणमा रु एक करोड ७४ लाख खर्च भएको छ । दुईतले सातकोठे स्वास्थ्यचौकीको भवन निर्माणमा रु ८९ लाख ६८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यचौकीको भुइँ तलामा उपचार, औषधि भण्डारण, प्रशासन, स्वाथ्यकर्मीको कार्यकक्ष छन् । पहिलो तलामा स्वास्थ्यकर्मीहरूको आवासका लागि दुईवटा कोठा छन् ।

    स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि वडा कार्यालय र स्वास्थ्यचौकी एउटै साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो । सभाहलसहितको दुईतले वडा कार्यालयको भवन निर्माणका लागि भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    यसअघि बुद्धिविकास माविको पुरानो कक्षा कोठा भवनबाट वडा कार्यालय सञ्चालन गरिएको छ । वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ ।

    भुइँतलामा शौचालय, सयनकक्ष र चारवटा कोठा रहेको भवनको माथिल्लो तलामा सभाहल बनाइएको छ । धवलागिरि गाउँपालिकाले यसअघि लुलाङको लमसुङ, ताकम, मराङ र मल्कवाङमा वडा कार्यालय भवन निर्माण गरिसकेको अध्यक्ष पुनले बताउनुभयो ।

    साविक मुना गाविसको भवनबाट सञ्चालन भइरहेको गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । गुर्जाबाहेकका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । धवलागिरि गाउँपालिकाले वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको उपाध्यक्ष पुनमगरले बताउनुभयो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् । वडा नं २, ५ र ६ मा रहेका स्वास्थ्यचौकीमा यसअघि नै भवन निर्माण भएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.