सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो


  •    न्युजभित्तो/६ चैत्र २०८२, शुक्रबार १४:५२ 
  • महेन्द्रनगर, ६ चैत । कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।

    भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो ।

    फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ ।

    “पूर्णागिरिको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गर्छन्”, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भन्नुभयो, “भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको छ ।”

    उहाँले दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकीलगायत क्षेत्रमा चहलपहल बढेको बताउनुभयो । बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्ने प्रयास गरिएको छ ।

    ब्रह्मदेवस्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताउनुभयो । बर्सेनि फागूपूर्णिमादेखि असारसम्म पूर्णागिरि मेला लाग्ने गर्छ । तीन महिनामा सिद्धनाथ मन्दिर दर्शन गर्न एक लाखभन्दा बढी दर्शनार्थी आएको उहाँले बताउनुभयो ।

    “दर्शनार्थीका कारण बजार क्षेत्रमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार छैन”, अध्यक्ष नायकले भन्नुभयो, “होटल व्यवसाय, यातायात व्यवसाय भने योबेला राम्रो हुने गरेको छ ।”

    यसैगरी, महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाले आफूहरू विगत एकदशकयता मिलेर नवरात्रिका बेला मन्दिरमा आउने दर्शनार्थीका लागि भण्डारा लगाउने गरेको बताउनुभयो । “नवरात्रिका नौ दिन हामी निःशुल्क भोजन गराउँछौँ दैनिक दुई÷तीन हजारदेखि आठ÷नौ हजारसम्म दर्शनार्थी भोजन गर्छन्”, उहाँले भन्नुभयो, “यहाँका ३०÷४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला निःशुल्क भोजनको व्यवस्थापन सिद्धनाथ मन्दिर छेउमै हुन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.