सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान कार्यान्वयनमा इमान्दारिता अभावःपेम्बा गुरुङ भोटे


  •    न्युजभित्तो/६ चैत्र २०८२, शुक्रबार १४:४३ 
  • काठमाडौं, ६ चैत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ ।

    ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेका हुन् ।

    सो अवसरमा महासंघका महासचिव पेम्बा गुरुङ भोटेले नेपालको राजनीतिक यात्रा र आदिवासी जनजातिको योगदानबारे धारणा राख्दै वर्तमान अवस्थामा संविधान कार्यान्वयनमा गम्भीर चुनौती रहेको बताए ।

    उनले नेपालको राजनीतिक इतिहासमा धेरै संघर्ष, बलिदान र आन्दोलन भएको उल्लेख गर्दै विशेषगरी आदिवासी जनजातिहरूले वर्तमान संविधान ल्याउन ठूलो भूमिका खेलेको बताए ।

    उनले भने,‘विगतमा सातवटा संविधान विभिन्न कारणले असफल बनेपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी गरियो । त्यसबेला हामीले राजनीतिक क्रान्ति सम्पन्न भएको र अब जनताको जीवनस्तर सुधारतर्फ अघि बढ्ने अपेक्षा गरेका थियौं । तर, प्राप्त अधिकारको व्यवहारिक कार्यान्वयनमा राजनीतिक दल र सरकार पक्षबाट इमान्दारिता अभाव हुँदा फेरि पनि संविधानमाथि प्रश्न उठ्न थालेको छ ।’

    गुरुङ भोटेले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताए । उनले जनतामा राजनीतिक दलप्रति बढ्दो निराशा र उदासीनताको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै केवल भाषणले मात्र परिवर्तन सम्भव नहुने धारणा राखे ।

    उनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्दै सुधारतर्फ अग्रसर हुन आग्रह गरे । ‘नेपाल किन पछाडि पर्‍यो, जनतामा राजनीतिक दलप्रति विश्वास किन घट्यो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक छ,’उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.