सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रिमियर लिगः राप्ती र इच्छाकामना विजयी


  •    न्युजभित्तो/१९ माघ २०७६, आईतवार १८:४७ 
  • चितवन । चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा राप्ती र्यापिड्स र इच्छाकामना वारीयर्स विजयी भएका छन् । नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती र्यापिड्सले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित गर्यो ।

    टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । राप्तीका लागि भिम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रतिस जिसिले २ विकेट लिए ।

    १७३ रनको लक्ष्य पछ्याएको भरतपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो । भरतपुरका लागि प्रतिस जिसीले ३९ रन र सनद बुढाथोकीले २१ रन बनाए । राप्तीका लागि कप्तान आकाश थापाले ३ विकेट र रोमन गिरीले २ विकेट लिन सफल भए । प्रतियोगिताको म्यान अफ दि म्याच राप्तीका आकाश थापा भए ।

    यस्तै आजै सम्पन्न पहिलो खेलमा इच्छाकामना वारीयर्सले माडी टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर इच्छाकामनाले फिल्ड रोजेपछि व्याटिङमा उत्रिएको माडी टाइगर्सले २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । माडीका लागि सुरज चापागाईंले ४३ रन, कृष्ण कार्कीले १४ रन जोड्न सफल भए । माडीका सुरज लामाले २ विकेट लिए । १ सय रनको लक्ष्य पछ्याएको इच्छाकामनाका लागि लोकेश बमले २०, खिम मल्लले २४ र अमरसिंह रौटेलाले २३ रन बनाए । माडीका लागि राजकुमार शाहाले ३ विकेट लिए । प्रतियोगितामा इच्छाकामनाका दिपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

    इच्छाकामना दीपेश श्रेष्ठ तथा माडी किशोर महतोको कप्तानीमा मैदानमा उत्रिएको थियो भने राप्ती आकाश थापा तथा भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रिएको थियो । प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिनुभयो ।

    २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती र्यापिड्स, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

    यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.