सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रङ्गशाला निर्माणार्थ आजदेखि धनधान्याचल शुरुहुँदै, मह जोडीसहित खेलाडीले उद्घाटन गर्ने


  •    न्युजभित्तो/१९ माघ २०७६, आईतवार ११:३६ 
  • चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आज दिउँसोदेखि धनधान्याचल महोत्सव शुरु हुँदैछ । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको चर्चित कलाकार ‘मह’ जोडी र २२ विधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले एकसाथ उद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो ।

    उद्घाटन समारोहलाई भव्य बनाउन चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (‘मह’ जोडी)को विशेष उपस्थिति रहने सुवेदीले बताउनुभयो । उहाँकाअनुसार मह जोडी र २२ ख्यातीप्राप्त खेलाडीले दीप प्रज्वलन गरेर महोत्सव उद्घाटन गर्नुहुनेछ ।

    उद्घाटनअघि अहिले झाँकीसहितको वृहत् शोभायात्राको तयारी गरिएको छ । मंगलपुर बजारबाट शुरु हुने शोभायात्रा गाविसचोक हुँदै रङ्गशालास्थित धनधान्याचल महोत्सव परिसरमा पुग्ने छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।

    जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रङ्गशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रङ्गशाला निर्माणमा सबैलाई अपनत्व हुनेगरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजनकिर्तनका साथमा विविध धर्मका आध्यात्मिक प्रवचन, सामाजिक, साँस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

    महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक व्यक्ति समक्ष रङ्गशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको छ ।

    उद्योग वाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहत रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास गरिएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिनुभयो । देशभरका ७ सय ५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ ।

    महोत्सवबाट ५० करोड रुपैयाँ सङ्कलन हुने र ७६ लाख ७६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । करिब ३ अर्ब लागतमा २ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.