चितवन प्रिमियर लिग : सौराहा विरुद्ध माडीको सहज जित
न्युजभित्तो/१८ माघ २०७६, शनिबार १९:५७
चितवन । चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगितामा माडी टाइगर्सले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडीले सौराहा स्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।
सौराहाले दिएको ७० रनको लक्ष्य माडीले ११ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । माडीलाई सहज जित दिलाउन खडक बोहराले ३३ रनको योगदान गरे । उनले केबल २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए । त्यस्तै सुरज चापागाईंले १४ तथा प्रवीण भूर्तेल र कृष्ण कार्कीले समान १२/१२ रन बनाए । सौराहाका राजु पौडेलले २ ओभरमा ११ रन खर्चिदै २ विकेट लिए भने सुवर्ण भट्ट र ड्यानिस इक्बालले समान १/१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले खराब प्रदर्शन गर्दै ७ बल बाँकी रहदा ६९ रनमा अल आउट भएको थियो । ३ रनमा पहिलो विकेट गुमाएर धर्मराएको सौराहाको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । कप्तान सन्तोष न्यौपाने व्यक्तिगत ३ रनमा पहिलो विकेटको रुपमा आउट भए । तल्लो क्रमका ब्याट्सम्यान अनुज चनराले ३३ रन बनाउन बाहेक अरुको प्रदर्शन बिर्सनलायक रह्यो । अनुजले २१ बलमा २ छक्का प्रहार गरे ।
राजु पौडेलले १४ तथा ड्यानिस इक्बालले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क पनि भेटाउन सकेनन् । सौराहाको इनिङ ध्वस्त बनाउन माडीका विशाल पौडेल र कृष्ण कार्कीले समान ३/३ विकेट लिए । कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमा जम्मा १० रन खर्चिए । समान ओभर गरेका विशालले १५ रन खर्चिए । त्यस्तै खडक बोहराले २ तथा सिमान्त घिमिरे र हेमराज पौडेलले समान १/१ विकेट लिए । ३ विकेट लिएका माडीका कृष्ण कार्की ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबार २ खेल हुनेछ । आइतबार पहिलो खेलमा विहान ९ बजे इच्छाकामना वारियर्स र माडी टाइगर्स तथा दिउँसो १ बजे राप्ती ¥यापिड्स र भरतपुर गुर्खाज् भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिनुभयो ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज्, सौराहा स्याण्ड्स, राप्ती र्यापिड्स, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
चितवन । चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगितामा माडी टाइगर्सले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडीले सौराहा स्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।
सौराहाले दिएको ७० रनको लक्ष्य माडीले ११ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । माडीलाई सहज जित दिलाउन खडक बोहराले ३३ रनको योगदान गरे । उनले केबल २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए । त्यस्तै सुरज चापागाईंले १४ तथा प्रवीण भूर्तेल र कृष्ण कार्कीले समान १२/१२ रन बनाए । सौराहाका राजु पौडेलले २ ओभरमा ११ रन खर्चिदै २ विकेट लिए भने सुवर्ण भट्ट र ड्यानिस इक्बालले समान १/१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले खराब प्रदर्शन गर्दै ७ बल बाँकी रहदा ६९ रनमा अल आउट भएको थियो । ३ रनमा पहिलो विकेट गुमाएर धर्मराएको सौराहाको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । कप्तान सन्तोष न्यौपाने व्यक्तिगत ३ रनमा पहिलो विकेटको रुपमा आउट भए । तल्लो क्रमका ब्याट्सम्यान अनुज चनराले ३३ रन बनाउन बाहेक अरुको प्रदर्शन बिर्सनलायक रह्यो । अनुजले २१ बलमा २ छक्का प्रहार गरे ।
राजु पौडेलले १४ तथा ड्यानिस इक्बालले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क पनि भेटाउन सकेनन् । सौराहाको इनिङ ध्वस्त बनाउन माडीका विशाल पौडेल र कृष्ण कार्कीले समान ३/३ विकेट लिए । कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमा जम्मा १० रन खर्चिए । समान ओभर गरेका विशालले १५ रन खर्चिए । त्यस्तै खडक बोहराले २ तथा सिमान्त घिमिरे र हेमराज पौडेलले समान १/१ विकेट लिए । ३ विकेट लिएका माडीका कृष्ण कार्की ‘म्यान अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार २ खेल हुनेछ । आइतबार पहिलो खेलमा विहान ९ बजे इच्छाकामना वारियर्स र माडी टाइगर्स तथा दिउँसो १ बजे राप्ती ¥यापिड्स र भरतपुर गुर्खाज् भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिनुभयो ।