सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुरु भयो चितवन प्रिमियर लिग, सुपर ओभरमा भरतपुरको जित


  •    न्युजभित्तो/१७ माघ २०७६, शुक्रबार २२:१५ 
  • चितवन । पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । नारायणगढको क्याम्पा चौरमा शुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो ।

    प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव सिलवालले चितवनलाई खेलकुदको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यहाँ प्रशस्तै स्रोत, साधन र खेलकुदलाई माया गर्ने व्यक्तिहरु भएकाले चितवनलाई खेलकुद केन्द्र बनाउन कुनै समस्या नहुने उहाँको भनाई थियो । ‘चितवन राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको केन्द्र बन्नुपछ’ सिलवालले भन्नुभयो, ‘यहाँ खेलकुदलाई माया गर्ने व्यक्तिहरु हुनुहुन्छ । खेलकुदलाई माया गर्ने व्यक्तिहरुले विभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भएको छ । त्यसैले कुनै समस्या नै छैन ।’

    सदस्य सचिव सिलवालले चितवन प्रिमियर लिगले चितवनको क्रिकेट विकासमा सहयोग पुग्नेमा आफु ढुक्क रहेको बताउनुभयो । सीपीएल चितवनको क्रिकेट क्षेत्रको विकासको सुरुवात भएको भन्दै उहाँले सफलताको कामना गर्नुभयो । चितवन सन्दीप लामिछाने जस्तो राष्ट्रले गौरव गर्ने खेलाडी उत्पादन गरेको जिल्ला भएको भन्दै सीपीएलले आगामी दिनमा अझै धेरै सन्दीप जस्तो खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।

    उहाँले आगामी दिनमा यसलाई प्रदेश हुँदै राष्ट्रिय स्तरकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सुझाव दिनुभयो । ‘यसपालि तपाईंहरुले सुरुवात गर्नु भएको छ’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा यसलाई क्रमशः प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजानुस् ।’

    भरतपुरको विजयी सुरुवात
    पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिगमा भरतपुर गुर्खाजले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा भरतपुरले इच्छाकामना वारीयर्सलाई सुपर ओभरमा पराजित गरेको हो ।

    भरतपुरले दिएको ११५ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको इच्छाकामना ११४ रनमा अल आउट भएपछी खेल सुपर ओभरमा गएको हो ।
    त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भरतपुरले २० ओभरमा ११४ रन बनाएको थियो । खेलको म्यान अफ दि म्याच ३ विकेट लिएका भरतपुरका कृजन गुरुङ घोषित भए ।

    प्रतियोगिता अन्तर्गत शनिबार पनि एक खेल हुनेछ । शनिबार मध्यान्ह १२ बजे हुने खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिनुभयो ।

    २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका पाँच टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

    यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

    प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.