सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जर्मन सरकारद्वारा किसानलाई एक अर्ब डलर सहायता घोषणा


  •    न्युजभित्तो/१६ माघ २०७६, बिहीबार २३:१० 
  • बर्लिन । जर्मनको गठबन्धन सरकार आवद्ध नेताहरूले किसानहरुलाई नयाँ वातावरणीय प्रभाव अनुकुल खेती गर्न उनीहरुलाई चार बर्षभन्दा बढी समयसम्म १ अर्ब युरो (एक अर्ब १० करोड अमेरिकी डलर) प्रदान गर्ने बिहीबार घोषणा गरेका छन् ।

    वातावरणीय कार्यक्रम र लगानीका लागि उक्त रकम उपलब्ध गराउने निर्णय सरकार र पार्टी नेताहरूको बुधबार राति बसेको बैठकबाट आएको जर्मनीको राज्य सञ्चालित समाचार संस्था डीपीएले जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको गठबन्धन सरकारमा क्रिष्चियन सोसलिस्ट यूनियन पार्टी र मध्य बामपन्थी समूह सोसल डेमोक्र्याट्स रहेको छ ।

    बाभारियाका गभर्नर तथा गठबन्धन सरकारको सानो समूह क्रिश्चियन सोसल यूनियनका नेता मार्कस सोएदरले यो निर्णयलाई ‘किसानप्रतिको सदासयता र कठिन अवस्थामा उनीहरूका लागि गरेको सहयोग’ बताउनु भएको छ ।

    जर्मन सरकारको यो निर्णय जर्मनी तथा यूरोपेली सङ्घ अन्तर्गतका अन्य केही मुलुकमा जलवायु परिवर्तनका कारण किसान असहज परिस्थितिको सामना गर्नु परेको भन्दै भइरहेका श्रृङ्खलावद्ध आन्दोलनपछि आएको हो । जर्मनीको राजधानी बर्लिनमा करिब १० हजार किसान भेला भै करिब पाँच हजार ट्रयाक्टर तेर्साएर सडक अवरूद्ध गरेका थिए । सरकारले किसानका मागलाई यथासम्भव सम्बोधन गर्ने आश्वासनपछि ती किसान घर पर्किएका थिए ।

    किसानहरूले नयाँ वातावरणीय सुधारसम्बन्धी कानुनी सीमा उनीहरूका लागि बढी नियन्त्रणकारी भएको दावी गर्दै आएका थिए । उनीहरूले वातावरणीय सुधारसम्बन्धी कानुनी सीमाका कारण जर्मनीको आन्तरिक उत्पादनले आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने र उत्पादनमा समेत ह्रास आउने बताएका थिए । सरकारले किसानको मागलाई सम्बोधन गर्ने भनी गरेको सहमति अनुरूप नै सहयोग दिने भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.