सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरस विश्वव्यापी बन्दै, दुई दर्जन देशमा फैलियो


  •    न्युजभित्तो/१६ माघ २०७६, बिहीबार २०:३१ 
  • बेइजिङ । सवैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो ।

    कोरोना भाइरसका कारण अहिलेसम्म १ सय ७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति सङ्क्रमित भएको पुष्टि भइसकेको छ । यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको थियो ।

    चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७ हजार ७ सय ११ जनामा देखिएको पुष्टि भएको छ । चीन बाहेक मकाउ र हङ्कङमा धेरै व्यक्ति (८० जना)मा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ ।

    विश्वव्यापी बन्दै गएको कोरोना भाइरस फैलिएका मुलुकहरू र सङ्क्रमितहरूको सङ्ख्या :

    चीन : चीनमा बिहीबारसम्ममा झण्डै ७ हजार ७ सय जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरूमध्ये अधिकांश वुहान र त्यस आसपासका रहेका छन् । त्यसैगरी मृत्यु भएका १ सय ७० जनामध्ये पनि अधिकांश त्यही क्षेत्रका रहेका जनाइएको छ ।

    अष्ट्रेलिया : अष्ट्रेलियामा यस रोगका सात जना विरामी भेटिएका छन् । ती मध्ये सात जना चीनको वुहानबाट आएका हुन् । प्रभावितहरुको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सवैभन्दा पछाडि भेटिएका ४४ बर्षीय विरामी वुहानबाटै आएका हुन्। उनको अवस्था स्थिर रहेको जनाइएको छ ।

    कम्बोडिया : कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित विरामी सवैभन्दा पहिला गत सोमबार भेटिएको हो । उनी वुहानबाट आएका ६० बर्षीय पुरुष हुन् ।

    हङकङ : हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । ती मध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए ।

    भारत : भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो विरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् । ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ । अधिकारीहरुका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ ।

    जापान : जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन् । तीमध्ये दुई जना मानिसबाट मानिसमा सरेर विरामी भएका हुन् । वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि विरामी भएका छन् ।

    मकाउ : मकाउ चिनियाँ पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय केन्द्र मानिन्छ । यहाँ मंगलबारसम्म सात जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

    मलेसिया : मलेसियामा बिहीबार थप एक जनागरी अहिलेसम्ममा कुल आठ जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु सवै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    नेपाल : नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ ।

    फिलिपिन्स : फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो विरामी भेटिएका छन् । ३८ बर्षीया ती महिला वुहानबाट आएकी हुन् । उनमा ठूलो समस्या भने नरहेको पाइएको छ । उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन् । उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो ।

    सिंगापुर : चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका विरामी रहेका छन् । उनीहरु सवै जना वुहानबाटै आएका व्यक्ति हुन् ।

    दक्षिण कोरिया : दक्षिण कोरियाका संचार माध्यमहरुले सम्प्रेषण गरेको विवरण अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् । तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरु सवैजना वुहानबाट आएका हुन् ।

    श्रीलङ्का : श्रीलङ्कामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन् । उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन् ।

    ताइवान : ताइवानमा आठ जनामा यो रोग देखिएको छ । ती मध्ये दुई जना चिनियाँ महिला छन् । एउटा पर्यटकहरुको टोलीका साथ उनीहरु ताइवान आएका थिए ।

    थाइल्याण्ड : थाइल्याण्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको घोषणा गरेको छ । यो संख्या चीन बाहेक अन्य देशमा भेटिएका सङ्क्रमित हरु मध्ये सवैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार ती मध्ये ६ जना चिनियाँ पर्यटक हुन् । उनीहरु वुहानबाटै आएका एउटै परिवारका व्यक्ति रहेका छन् । उनीहरु छ बर्षदेखि ७० बर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन् ।

    भियतनाम : भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ । सङ्क्रमित मध्ये एक जना पुरुष चीनको हो चि मिन्ह सहर हुँदै यही महिनाको सुरुमा वुहानबाट आएका व्यक्ति हुन् । उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

    क्यानडा : क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ । अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ ।

    अमेरिका : स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सवै जना हालै वुहानबाट आएका हुन् । उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक एक जना अरिजोना, सिकागो र वासिङ्टन राज्यमा देखिएका हुन् ।

    फिनल्याण्ड : चीनको वुहानबाट आएका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको सङ्क्रमण देखिएको फिनल्याण्डका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर विषेश उपचार भइरहेको छ ।

    फ्रान्स : फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण देखिएको छ । युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सवैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ । उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    जर्मनी : जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो मानिसबाट मानिसमा सरेको पाइएको छ । चिनियाँ साथीहरुले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्ति विरामी महसुस गरेर अस्पताल गएका थिए । उनैबाट अरूलाई सरेको चिकित्सकहरूको भनाई छ । विरामी भएका चारै जनालाई म्यूनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई) : चीनको वुहानबाट केही दिन अगाडि आएका चार जना चिनियाँ व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको युएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.