सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मुख्यमन्त्रीको जोड


  •    न्युजभित्तो/४ फाल्गुन २०८२, सोमबार १३:११ 
  • महेन्द्रनगर (धनुषा), ४ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।

    निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ शीर्षकमा आयोजित छलफलमा उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना बिना लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण सम्भव नहुने बताउनुभयो ।

    मुख्यमन्त्री यादवले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    निर्वाचन आयुक्त सगुन शम्शेर जवरले निर्वाचन आचारसंहिता केवल कानुनी दस्तावेज मात्र नभई स्वच्छ निर्वाचनको नैतिक आधार भएको बताउनुभयो । उहाँले निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन सरोकार भएका सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताउनुभयो ।

    आयुक्त जवरले आचारसंहिता उल्लङ्घनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पार्दै अनुगमन संयन्त्र सुदृढ बनाइएको जानकारी दिनुभयो ।

    छलफलमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, कानुन व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.