सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेनु दाहाललाई चितवन–३ मा जनताको माया र समर्थन, निष्पक्ष निर्वाचनको आह्वान


  •    न्युजभित्तो/४ फाल्गुन २०८२, सोमबार १२:०९ 
  • काठमाडौं, ४ फागुन । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् । त्यसले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।

    ‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

    भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ ।

    निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् ।

    उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.