सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनः काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १२:३१ 
  • काभ्रेपलाञ्चोक, २५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिनिधिसभा क्षेत्र नं २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यस पटकको निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी हुनुभएको थियो । सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र)चौथो पार्टीका रूपमा रहेका थिए ।

    यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका ब्याञ्जूले समाजले परिकल्पना गरेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार गर्दै समृद्धमुलुक निर्माणमा योगदान पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो ।

    कांग्रेसका उम्मेदवार आचार्यले युवाहरूको भावनाअनुसार मुलुकमा सुशासनसहित भ्रष्टचारमुक्त समाज निर्माण गर्ने तथा दलीयकरणको अन्त्य गरी जनतालाई प्रत्यक्ष सेवा पु¥याउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । यस क्षेत्रमा भने कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ ।

    त्यस्तै रास्वपाले भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको नेतृत्व लिने उद्देश्य बनाएको छ । भण्डारीको पनि मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारको नीतिगत अन्त्य गर्दै जेनजीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।

    नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका हुमागाईं यसअघि बागमती प्रदेशको कृषि मन्त्रीका रूपमा काम गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “देशमा सुशासन, समृद्ध राष्ट्रः सुखी नेपाली, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।”

    निर्वाचन कार्यालयका अनुसार २४ मध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् भने जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.