सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने


  •    न्युजभित्तो/२३ माघ २०८२, बिहीबार १६:२० 
  • लुम्बिनी २२, माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित आगामी वैशाख १६ र १७ गते सम्मेलन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तरराष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ । समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो ।

    सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजना गर्न रु तीन करोड बजेट विनियोजन गरेको छ । यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गत लुम्बिनीमा गर्ने तयारी कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

    बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा लामाले जानकारी दिनुभयो । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वको सहभागिता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    दुई दिनेसम्म सञ्चालन हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । यसअघि भएका आयोजना भएका पहिलो र दोस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको लुम्बिनी विकास कोषले जनाएको छ । 

    यस पटकको सम्मेलनमा प्रचारप्रसारका माध्यमबाट लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने, संसारभरि बौद्ध धर्मको महत्व बढाउने र लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको विकास कोषका सदस्य सचिव श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.