सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेमा विपत्ति: १५१ किसानलाई राहत उपलब्ध गराउन सिफारिस


  •    न्युजभित्तो/२३ माघ २०८२, बिहीबार १३:१३ 
  • काभ्रेपलाञ्चोक, २२ माघ । जिल्लामा प्राकृतिक विपत्तिबाट एक हजार दुई सय रोपनी जमिनमा लगाएको कृषि बाली क्षति भएको छ । क्षतिको राहत उपलब्ध गराउन बाग्मती प्रदेश सरकारलाई अनुरोध गरिएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तिका कारण खाद्यान्न, तरकारी बाली, फलफुल र तरकारीका टनेल क्षतिग्रस्त भएका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

    कार्यालयले प्राकृतिक विपत्तिका कारण ९ सय ६१ रोपनीमा भएको खाद्यान्न क्षतिको लागि रु १४ लाख ४१ हजार ५ सय ९०, २ सय ६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षतिवापत रु सात लाख ८० हजार ६ सय २५ राहतका लागि सिफारिस गरिएको जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले गत वर्ष र यस वर्षको प्राकृति विपतीका कारण कृषि बालीमा क्षति पुगेका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेशस्थित कृषि मन्त्रालयमा सिफारिस गरिएको बताउनुभयो । यस्तै उहाँले करिब तीन हजार फलफुलका बिरुवा क्षतिवापत रु दुई लाख नौ सय र तीन सय बाँसका टनेल क्षतिवापतको १५ हजारका दरले राहत रकम उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

    प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण खाद्यान्न बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु एक हजार पाँच सय, तरकारी बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु दुई हजार पाँच सय राहत उपलबध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्गमिटर रु ५० र फलफुलका बिरुवा क्षति भएमा प्रतिबोट रु ५० राहत उपलब्ध गराउने जनाइएको छ ।

    कार्यालयका अनुसार प्रदेश सरकारले स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्याङ्कन र जिल्लास्थित राहत ब्यवस्थापन समितिको मूल्याङ्कन गरी पठाएपछि मात्रै प्रदेश सरकारले राहत उपलब्ध गराउनेछ । गत वर्षको बाढीपहिरोका कारण कृषि बालीमा क्षति पुगेका किसानका लागि रु ७८ लाख राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरिएकोमा प्राप्त रु ५३ लाख राहत रकम सम्बन्धित पीडित किसानलाई उपलब्ध गराईएको कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.