सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वदलीय बैठक सम्पन्न


  •    न्युजभित्तो/२३ माघ २०८२, बिहीबार ११:१७ 
  • रसुवा, २२ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा यहाँ सर्वदलीय बैठक भएको छ ।

    मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

    बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउनका साथै सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    रसुवामा नौ वटा राजनीतिक दल तथा तीन जना स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपाबाट माधवप्रसाद लामिछाने, नेकपा एमालेका प्रेम तामाङ, रास्वपाबाट वसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका विनोद थिङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेकपा माओवादीका होमप्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक दलका तर्फबाट दावा तमाङ उम्मेदवार हुनुहुन्छ ।

    त्यसैगरी, स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, दावा तामाङ र सागर लामा प्रत्याशी हुनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.