सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार १२:१३ 
  • कञ्चनपुर, २१ माघ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न आग्रह गरेको छ ।

    सूचनामा जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट, झोला वा स्टिकर प्रयोग गर्न नपाइने, सार्वजनिकस्थल, निजी घरजग्गा, सडकको भित्ता, पोल वा सार्वजनिक भवनमा दलको झण्डा र चुनाव चिह्न टाँस्न वा राख्न निषेध गरिएको जनाइएको छ ।

    सूचनाअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेको मापदण्डअनुसार सीमित सङ्ख्यामा सवारीसाधन चलाउन पाइने र विदेशी नम्बर प्लेटका सवारी प्रयोग गर्न पाइने छैन । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भएमा उम्मेदवारी रद्द हुनेसम्मको सजायको व्यवस्था रहेकाले आचारसंहिता उल्लङ्घन नगर्न र कतै उल्लङ्घन भएको देखिएमा अनुगमन अधिकृतलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.