सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र


  •    न्युजभित्तो/२२ माघ २०८२, बुधबार ११:३८ 
  • नेपालगन्ज (बाँके), २१ माघ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम गरेको छ ।

    जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।

    सङ्घ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलगायत अस्थायी मतदाता नामावलीमा समावेश छन् । बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाताका छन् । अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउँने व्यवस्था छ ।

    प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मङ्गलबार भएको बैठकले निर्वाचनका लागि दुई हजार ४१५ कर्मचारी सिफारिस गरेको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.