सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतका झन्डै आधा मतदानस्थल अतिसंवेदनशील


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १६:५२ 
  • पर्वत, २० माघ । प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । 

    निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । ७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । उहाँका अनुसार प्रदेशभरिमा ३२८ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकामा पर्वतमा ३५ वटा परेका हुन् । 

    चुनावमा जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ । जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, दहरुबीच हुनसक्ने झगडा र विगतका अवस्थालाई मूल्याङ्कन गरी मुख्य चुनौती मान्ने गरिएको छ ।

    यहाँ निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । म्यादी प्रहरीलाई तालिम र कर्मचारी तथा शिक्षकबाट निर्वाचनमा खटिने जनशक्ति तयारीमा लागेको उहाँले बताउनुभयो । 

    आगामी निर्वाचनका लागि पर्वतमा १३ राजनीतिक दलबाट १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये शीर्ष चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धि दल हुन् । सबै राजनीतिक दलहरुले गाउँ केन्द्रित चुनावी अभियानलाई अघि बढाएका छन् । 

    आगामी निर्वाचनका लागि यहाँ एक लाख २५ हजार ४६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.