सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १४:१० 
  • काठमाडौँ, २० माघ । चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । 

    उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा एक मात्र विदेशी कूटनीतिज्ञका रूपमा सहभागी हुनुभएको हो । कुनै पनि राष्ट्रका महावाणिज्यदूत स्तरका अधिकारी संसद्मा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर ल्हासाका नेपाली महावाणिज्यदूतलाई मात्र प्राप्त हुने गर्दछ ।

    अघिल्लो दिन माघ १६ गते भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिचाङ स्वायत्त क्षेत्रको सरकारले सन् २०२६ मा अवलम्बन गर्नुपर्ने नीति र प्रस्तुत गरेका थिए । सोही सम्मेलनले निर्देश गरेअनुरुप भोलिपल्ट माघ १७ गते सम्पन्न भएको संसद्को अधिवेशनमा सिचाङ स्वायत्त क्षेत्र सरकारका अध्यक्ष गामा छेतेनले २०२५ मा सरकारले गरेका मूलभूत कार्यको समीक्षात्मक जानकारी प्रस्तुत गर्दै २०२६ मा सम्पन्न गरिने प्रमुख कार्यक्रम तथा बजेट प्रस्ताव गरेको नेपाली महावाणिज्यदूतावासले जनाएका छ । 

    उक्त अवसरमा चिनियाँ जनकांग्रेस स्थानीय समिति अध्यक्ष तथा सिचाङ स्वायत्त क्षेत्रीय जनकांग्रेस अध्यक्ष लुओ साङफ जियान काङले धार्मिक मामिलासम्बन्धी मस्यौदा नियमहरूको व्याख्या पेस गर्नुभएको थियो ।

    सो अवसरमा सिचाङ स्वायत्त क्षेत्रलाई दक्षिण एसियाको उच्चस्तरीय प्रवेशद्वारका रूपमा विस्तार गर्दै गहिरो विश्वव्यापी सम्बन्धलाई बढावा दिने आफ्नो प्रतिबद्धता व्यक्त गरिएको थियो । यस वर्षको सरकारी नीति बजेट तथा कार्यक्रमा छिमेकी देशसँगका सीमा बिन्दुहरूमा पूर्वाधार विकासमा जोड दिइएको छ ।

    संसद्् बैठकलगत्तै महावाणिज्यदूतले सिचाङ सरकारका उपमहासचिव एवम् जातीय, धार्मिक तथा  वैदेशिक मामिला समितिका अध्यक्ष सभामुख दान्चेन लुन्चुसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो र सो भेटका अवसरमा महावाणिज्यदूतले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि चर्चा गर्दै हालसम्म चीनले नेपालको विकासमा पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । 

    उहाँले नेपालका सङ्घीय तथा प्रादेशिक संसद््सँग सिचाङ स्वायत्त क्षेत्रको संसद्को भगिनी सम्बन्ध कायम गरी अनुभव आदान–प्रदान गर्न सके दुबै पक्ष लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष लुन्चुलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोध गर्नुभयो  भने अध्यक्ष लुन्चुले सिचाङलगायत चीनको विकासबाट नेपालजस्तो असल छिमेकी राष्ट्र लाभान्वित हुन सक्ने बताउँदै आफू र आफ्नो सरकार त्यसका लागि सदैव तयार रहेको बताउनुभयो । 

    भेटमा द्विपक्षीय हितका अन्य विविध विषयमा छलफल भएको थियो भने दुबै पक्षबीच रहेको सम्बन्ध अझ बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.