सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाता भन्छन्, ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १३:४८ 
  • ढोरपाटन (बागलुङ), २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ ।

    बागलुङ क्षेत्र नं १ अन्तर्गत काठेखोला गाउँपालिका–२ का प्रीतम थापाले स्पष्ट ‘एजेन्डा’ लिएर आउने नेतालाई यसपालि भोट दिने बताउनुभयो । अहिलेसम्म तीनपटक मतदान गरेको अनुभव सुनाउँदै चुनाव जिताएका प्रतिनिधिले जनताको भावनाअनुसार काम नगरेको उहाँको भनाइ छ । 

    दूरदराजमा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको सुविधा अझैसम्म पुग्न नसेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव एउटा राम्रो प्रतिनिधि छान्ने अवसर हो, यस बेला सोचविचारका साथ गतिलो नेता चुन्न जरुरी छ, चुनावका बेला भोट माग्न धेरै थरि आउँछन्, लहलहैमा लागेर मत दिन हुँदैन भन्ने लाग्छ, जसले भुइँ मान्छेको समस्या बुझ्छ, नागरिकका आवाजलाई सदनमा बोल्न सक्छ उसैलाई मत दिने हो ।”

    गलकोट नगरपालिका–८ का तुलबहादुर खत्रीले नयाँ पुराना पार्टीले जनताको हितमा काम गर्न नसकेको गुनासो गर्नुभयो । लामो इतिहास बोकेका र भर्खर खुलेका पार्टीको विकास तथा सुशासन स्थापित गर्ने एउटै धारणा हुनुपर्ने उहाँको भनाइ छ । विकट गाउँ बस्तीका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता रहेको खत्री बताउनुहुन्छ ।

    “मैले धेरै चुनावमा भाग लिए, चुनाव जितेकाहरुले केही गर्दै नगरेका त होइनन्, तर उनीहरुले जति गर्नुपर्ने हो त्यति गरेनन्, अब आउने नेतृत्वले हरेक नागरिकको समस्या बुझेको हुनु पर्छ”, उहाँले भन्नुभयो, “आफ्नो पार्टीका मान्छेलाई काखा अरूलाई पाखा गर्ने विभेदी नेता हुनुहुँदैन, निःस्वार्थी भावको नेतालाई जिताउन जरुरी हुन्छ ।”

    ढोरपाटन नगरपालिका–९ का ७४ वर्षीय कुलबहादुर सुनारले सही उम्मेदवार छान्न नसक्दा जनताले दुःख पाएको बताउनुभयो । आफूले २०४८ सालपछिका सबै निर्वाचनमा मतदान गर्दै आएको सुनाउँदै चुनाव जितेपछि भोट दिएको नेता एकपटक पनि फर्किएर गाउँमा नआएको उहाँले आरोप छ । आफ्ना लागि मात्र नभई जनताका समस्यालाई प्राथमिकता दिने नेतालाई भोट दिने सोच बनाएको सुनार बताउनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.