सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक लिग : आर्मी पुनः शीर्ष स्थानमा


  •    न्युजभित्तो/१४ माघ २०७६, मंगलवार २२:२६ 
  • काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको पुनः शीर्ष स्थानमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा आज भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

    आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गर्नुभएको हो । पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । आर्मीले थप महत्त्वपूर्ण अवसर पाए पनि गोल गर्न भने सकेन । खेलको ७४औँ मिनेटमा सन्तोष तामाङले दिएको पासको सदुपयोग गर्दै खवासले उत्कृष्ट गोल गर्नुभएको थियो । योसहित जारी लिगमा भरतको व्यक्तिगत चौथो गोल हो । दोस्रो हाफमा समेत आर्मी जाउलाखेलमाथि हाबी भएको थियो ।

    पटक पटक गोल गर्नबाट आर्मी चुकेको थियो । जितसँगै आर्मी नौ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा पुग्न सफल भएको छ । यस्तै जाउलाखेल नौ खेलमा १२ अङ्कका साथ लिगको आठौं स्थानमा यथावत् छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.