सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फुटसल : ग्रीनल्याण्ड, सनराइज, डेजी र वाल्मिकी सेमिफाइनलमा


  •    न्युजभित्तो/१४ माघ २०७६, मंगलवार २१:४८ 
  • चितवन । भरतपुर– १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जारी जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

    जारी प्रतियोगितामा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुलसँगै सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मिकी शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा स्थान बनाउनका लागि ग्रीनल्याण्डले अर्किड स्कुललाई ४–० ले पराजित गर्यो ।

    आजै सम्पन्न अर्को खेलमा सनराइजले होली भिजनलाई ३–१ तथा डेजीले डन एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकबिरुद्द १०–० को फराकिलो जित निकाल्दै वाल्मिकीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

    प्रतियोगिता अन्तर्गत फाइनल प्रवेशका लागि बुधवार ग्रीनल्याण्ड र सनराइज तथा डेजी र वाल्मिकी भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.