सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १७:३३ 
  • लेखनाथ (कास्की), १८ माघ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताउनुभएको छ । 

    नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । 

    नेपाली कांग्रेस सुशासन, समृद्धि, महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उहाँले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ ।”

    कांग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका माधवप्रसाद बाँस्तोलाले नेपाली कांग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताउनुभयो । कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.