सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १७:२६ 
  • महेन्द्रनगर, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ जना नयाँ उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

    एक लाख एक हजार ७२४ जना मतदाता रहेका निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामी, चार जना स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रका लागि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक सबै नयाँ उम्मेदवार हुन् ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख नौ हजार ५७४ मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा छन् । यस क्षेत्रबाट स्वतन्त्रसहित १९ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक बाँकी १७ जना सङ्घीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् ।

    त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने नेकपाबाट उम्मेदवार बनेका सुनारले यसअघि २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिइसकेका थिए । 

    यस क्षेत्रमा कूल एक लाख तीन हजार ८७ मतदाता रहेकामा एमालेका भट्ट र नेकपाका सुनारबाहेक सबै नयाँ उम्मेदवार हुन् । यहाँ तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.