सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १७:१२ 
  • काठमाडौँ, १८ माघ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको सो दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको सङ्कल्प गरेको छ । महासचिव चन्दले शिक्षा र स्वास्थ्यलाई सर्वसुभल बनाउने र रोजगारीको सुनिश्चितता गर्ने, निजी क्षेत्रलाई आफूखुसी शुल्क तोकेर जथाभावी गर्न छुट दिन नहुने बताउनुभयो । 

    उहाँले कृषिलाई आत्मनिर्भर तथा विज्ञान र प्रविधिका क्षेत्रमा लगानी बढाउन र युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । व्यापार र लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता सो पार्टीले गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.