सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १६:५१ 
  • काठमाडौँ, १८ माघ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग गर्न आग्रह गरेको छ । 

    आज महामन्त्री मीनबहादुर मल्लले जारी गर्नुभएको विज्ञप्तिमा रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिन्हको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ । 

    “आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिन्ह, नाम, चिन्ह अङ्कित पोसाक वा पहिचान प्रयोग गरिएको गतिविधि देखिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता र विश्वसनीयतामा गम्भीर असर पार्ने स्पष्ट छ”, विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमार्फत रेडक्रसका स्वयंसेवक तथा कर्मचारीलाई कुनै पनि चुनावी प्रचारप्रसारमा रेडक्रस चिन्ह अङ्कित सामग्री प्रयोग गरी संलग्न नहुन पनि आग्रह गरिएको छ । यदि कुनै रेडक्रस पदाधिकारी निर्वाचनमा उम्मेदवार भएको भए रेडक्रसबाट अलग भएको घोषणा गर्न पनि आग्रह गरिएको छ ।

    रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न, सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक रूपमा नजोडिन, रेडक्रसको सम्पत्ति, स्थान, कार्यालय कुनैपनि राजनैतिक दलको प्रचारप्रसारलाई सहयोग पुग्ने गरी उपलब्ध नगराउनु पनि अनुरोध गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.