सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनको आन्तरिक तयारीमा निर्वाचन कार्यालय


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १३:१६ 
  • गण्डकी, १८ माघ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । 

    निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावारणमा सम्पन्न गराउन आचारसंहिताको कार्यान्वयनलगायत विषयमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया सम्पन्न भएसँगै आन्तरिक तयारी तीव्र बनाइएको छ । 

    जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइने कर्मचारी, पठाइने सामग्री आदिको व्यवस्थापनलगायत कामलाई कार्यालयले बढाइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । 

    जिल्लामा कूल १५३ मतदानस्थल र ३६३ मतदान केन्द्रहरू रहेको बताउँदै उहाँले मतदानस्थल तथा केन्द्रको आवश्यकता एवं समस्या आदिबारे बुझ्न स्थलगत रुपमा अनुगमनलगायत काम पनि भइरहेको जनाइएको छ ।

    निर्वाचनमा आवश्यकपर्ने सामग्रीको व्यवस्थापनमा पनि कार्यालय लागेको बताउँदै उहाँले निर्वाचनमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत विभिन्न ५३ किसिमका सामग्री प्रयोग हुने जानकारी दिनुुभयो । 

    जिल्लामा निर्वाचनका लागि स्वयंसेवकसहित करिब तीन हजार कर्मचारी खटाउने कार्यालयको तयारी छ । सूचना अधिकारी न्यौपानेका अनुसार त्यसको व्यवस्थापनका लागि जिल्लास्थित कार्यालयमा निर्वाचनमा खटाउन सकिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।

    “आगामी माघ २५ गतेभित्र निर्वाचनमा खटाउन सकिने कर्मचारीको विवरण पठाउन कार्यालयमा माग गरेका छौँ”, उहाँले भन्नुुभयो, “विवरण प्राप्त भएपछि कर्मचारीको विवरण तयार गरिनेछ ।” मतदाता शिक्षालाई अघि बढाउने सम्बन्धमा कार्यालय लागेको र आयोगबाट कार्यविधि आएसँगै उक्त काम अघि बढ्ने उहाँले बताउनुुभयो । निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.