सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा


  •    न्युजभित्तो/१७ माघ २०८२, शुक्रबार १५:३४ 
  • काठमाडौँ, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने उल्लेख गरेको छ । 

    सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ । सन्देशमा सहिदहरूको बलिदान राजनीतिक परिवर्तन मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको उल्लेख गरिएको छ ।  

    सन्देशमार्फत पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा समेत व्याख्या गर्नुभएको छ । “निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन एवं जनअधिकार प्राप्ति र सामाजिक न्यायका लागि भएका संघर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुको गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं”, सन्देशमा भनिएको छ, “सहिदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन हो ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.