सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार १५:२६ 
  • काठमाडौँ, १४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ । 

    पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । 

    “मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामथ्र्यवान् बन्नुपर्ने आवश्यकता छ”, संयोजक दाहालले भन्नुभयो, “विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ ‘यहीँ’ हो ।” मुलुक अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा नेकपा (माओवादी)को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.