सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार १५:२२ 
  • काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्नरगराउन निर्देशन जारी गरेको छ ।

    कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ ।

    कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति र १८ देखि ३० वर्ष मुनिका युवालाई सहभागी बनाउने विशेष अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गर्न निर्देशन दिनुभएको छ ।

    उहाँले स्थानीय तह समन्वय, वौद्धिक क्षेत्र समन्वय, धार्मिक सङ्घसंस्था समन्वय, निजी क्षेत्र समन्वय, पूर्वआप्रवासी समन्वय, स्थानीय प्रशासन समन्वय र अनुगमन समिति गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्नुभएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.