सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार ११:३९ 
  • काठमाडौँ, १४ माघ । महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ ।

    महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट रासस समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अतिसंवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । महोत्तरीका २५२ मतदानस्थल संवेदनशील मानिएका छन् । जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अतिसंवेदनशील भनिएको छ । स्थानीय प्रशासनले तनहुँका आठवटा मतदानस्थललाई अतिसंवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदशील मानेको छ ।

    महोत्तरी क्षेत्र नं। ३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ । क्षेत्र नं १ का ५९ मतदानस्थलमा १३०मतदानकेन्द्र र क्षेत्र नं २ मा ६२ मतदानस्थलमा १३३, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा १४२ र ४ मा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदानकेन्द्र थिए ।

    दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदानस्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.