सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १७:१२ 
  • काठमाडौँ, १३ माघ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको  निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ । 

    निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 

    काठमाडौँ सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन् । अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ । त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ । 

    काठमाडौँ निर्वाचन क्षेत्र नं ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । “काठमाडाँै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँका अधिकांश स्थानको जिम्मेवारी सरकारले महिलालाई सुम्पेको छ, जुन विश्वास र भरोसाले जिम्मेवारी पाएका छौँ, हामीले इमानदारिताका साथ निभाएका छौँ”, उहाँले भन्नुभयो । 

    महालेखा नियन्त्रक कार्यालयका निर्देशक भट्टराई महिलाले अवसर पाउने हो भने जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्ने बताउनुहुन्छ । खासगरी बोलीमा मिठास र भावपूर्ण व्यवहार प्रस्तुत गर्नु महिला नेतृत्वको मौलिक गुण हो भन्ने भट्टराईको धारणा छ । यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य जिम्मेवारी लिएको अनुभव बटुल्नुभएकी उहाँले महिला नेतृत्वप्रति अरूले गर्ने व्यवहार पनि सभ्य र शालीन हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “रिसै उठेर आउनेहरु पनि महिलाका अगाडि आएपछि शान्त भइदिनुहुन्छ, स्थानीय निर्वाचनले मलाई अझ बढी परिपक्व बनाएको छ ।” 

    महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ । आफूले लिएको जिम्मेवारी पूरा गर्ने मात्रै होइन, अत्यन्त सभ्य र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य जिम्मेवारीमा उहाँ सचेत हुनुहुन्छ । परिवारको दायित्व निभाउनुका साथै अवसर पाउँदा कार्यालयले दिने हरेक कार्य कुशलताका साथ आफूले काम गर्दै आएको उहाँको भनाइ छ । 

    निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ । साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरहनुभएको छ । 

    त्यस्तै, काठमाडौँभन्दा बाहिर पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी ९बर्दघाट०–२ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार सीता अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दुदेवी न्यौपाने, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०–१, कास्की–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत सीता रेग्मीले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ । 

    साथै मकवानपुर–१ मा जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल र बागलुङ–१ मा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर २ मा सर्वोच्च अदालतका इजलास अधिकृत सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.