सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १६:५० 
  • काठमाडौँ, १३ माघ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

    सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मतको दुरुपयोग नगर्नुहोला । सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु । अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ ।”

    उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले अघिल्लो सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसक्दा जेनजी आन्दोलन भएको यथार्थ प्रस्तुत गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक अनिश्चितताका बीच निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न लागेको सरकारलाई धन्यवाद दिँदै उहाँले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा  सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “जेनजी आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिएका छन्, बन्दीहरु बाहिरै छन्, नयाँ र पुराना राजनीतिक दलबाट तिक्ततापूर्ण अभिव्यक्ति आइरहेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस्, लोकतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै जनभावनाअनुसारको अघि बढ्ने परिस्थिति होस् ।”

    नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिनुभयो । “पुराना दलहरुलाई यो निर्वाचनबाट ‘नामेट’ बनाउनुपर्छ भन्ने भाष्य सिर्जना गरेर केही नयाँ भनिएका राजनीतिक दल लागिरहेका छन्, यो मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक अधिकार र संविधान कसले ल्यायो रु”, उहाँले भन्नुभयो, “दलका केही पात्र खराब हुन सक्छन्, तर राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको छ, त्यसप्रति सम्पूर्ण नागरिक सचेत हुनुपर्छ ।”

    कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मिश्रले जेनजी आन्दोलनले सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताउनुभयो ।

    “यो आन्दोलनले सबै एक हौँ भन्ने भावना विस्तार र युवालाई एकजुट गरायो, तर कसैलाई शासनबाट लेखट्न वैचारिक र वैधानिक बाटोको सट्टा तोडफोड र आगजानी गर्ने खराब बाटोबाट देशका युवाहरु उद्यत हुन्छन् भन्ने चिन्ताले सताएको छ”, उहाँले भन्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उहाँले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.