सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनः जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको!


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १६:१८ 
  • काठमाडौँ, १३ माघ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन ।

    सांसदको मुख्य जिम्मेवारीे मूलतः, कानुन निर्माण, सरकार गठन तथा बजेटमाथि छलफल र पारित गर्नु हो । यस्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पारित, संविधान संशोधन तथा जनमत सङ्ग्रह, सरकारका नियमित कामकारवाहीको निगरानी, सरकारलाई आवश्यक निर्देशन र सुझाव, अन्तरराष्ट्रिय सन्धिसम्झौता अनुमोदन, सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउने काम पनि संसद्को भूमिकाभित्र पर्छ । संसद्को यी नीतिगत भूमिका भए पनि नेपालमा पञ्चायतकालदेखि नै ‘विकासको बाहक’ का रूपमा सांसदलाई लिइन्छ । त्यसै आधारमा मत माग्ने र दिने गरिँदै आएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका उम्मेदवाले ‘म यहाँको विकास निर्माण यसरी गर्छु’ भनेर मत माग्न थालिसकेका छन् । मतदाताले पनि ‘तपाईँ जितेमा हाम्रो क्षेत्रलाई कसरी विकास गर्नुहुन्छ रु’ भन्ने प्रश्न उम्मेदवारलाई तेस्र्याउन थालेका छन् ।

    संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारी संसद्को मूल काम के हो भन्ने सांसद र जनता दुवैमा अलमल हुँदै आएको बताउनुहुन्छ । उहाँको बुझाइमा संसद्को दुई वटा महत्वपूर्ण काम सरकार बनाउने, अर्को कानुन बनाउने हो । अर्को काम भनेको देशको ढुकटी बाँडफाँट गर्ने हो ।  

    “म चुनाव जितेर गए भने म यस प्रकारको बजेट बनाउँछु भन्न मिल्छ तर यो ठाउँमा यसरी सडक, कुलो, खेलमैदान बनाउँछु भन्ने प्रतिबद्धता गर्नु सांसदको क्षेत्राधिकार होइन । यो स्थानीय तहको अधिकारको क्षेत्रभित्र पर्छ । सांसदले स्थानीय तहको अधिकार मिच्नु हुँदैन”, संविधानका जानकार विडारीले भन्नुभयो, “अरुको अधिकार मिच्छु भनेर भोट माग्नेले जितेर गए भने के के मिच्ला रु कानुन विपरीतका के के गर्ला रु त्यसकारण संसदको निर्वाचनमा विकासको प्रतिबद्धता गर्नु झुठ बोल्नु हो ।” उहाँले मतदाताको आवश्यकता बमोजिम सांसदले भूमि, वन, मालपोत र शिक्षासम्बन्धी ऐनहरू संशोधन विकास निर्माणमा यस प्रकारले निर्देश गराउँछु भन्न सक्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक श्यामकुमार घिमिरे पञ्चायतकालदेखि नै विकास निर्माणको वचनबद्धता गरेर संसदीय निर्वाचन लड्ने परम्परा भत्काउन नसकिने स्वीकार गर्नुहुन्छ । नेता घिमिरेले आशन्न निर्वाचनमा पनि कस्तो कानुन ९विधि० निर्माण गर्ने र सांसदको दायित्व के हो भन्ने हिसाबले छलफल नभएको बताउँदै भौतिक विकास निर्माणले प्राथमिकता पाएको जनाउनुभयो । 

    “यस्तो परम्परालाई बदल्नैपर्छ । वास्तवमा विकास निर्माण र बजेट निर्माणकाममा सांसदको कुनै भूमिका हुँदैन । सरकारले संसदमा ल्याउने बजेटलाई बहुमत÷अल्पमतका आधारमा पारित गर्ने मात्रै हो”, घिमिरेले भन्नुभयो, “तर अहिलेको निर्वाचनमा पनि सांसदका खास भूमिका विधि निर्माण हो भन्ने बुझ्ने र बुझाउनेमा समस्या नै देखिन्छ । यस विषयमा राष्ट्रियरूपमै चेतना विकास गर्नुपर्ने आवश्यकता छ, सांसद विकासे कार्यकर्ता होइन ।”

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पूर्वप्रमुख सचेतक पदम गिरी संविधानले संसदलाई सरकार बनाउने र विधि निर्माण गर्ने मुख्य काम दिएको छ भन्ने बारेमा जनतालाई बुझाउन नसकिएको बताउनुहुन्छ । “जनताका अपेक्षा र संविधानले दिएको जिम्मेवारीबीच खाडल रहेको छ । यसबारे मतदातालाई सुसूचित गराउन सकिएको छैन । साना विकासदेखि ठूला विकासका आयोजना सांसदले गर्नुपर्ने र त्यसैका आधारमा सांसदको मूल्याङ्कन भएको स्थिति छ”, पर्वत जिल्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता गिरीले रासससँग भन्नुभयो, “यो खालको बुझाइ सङ्घीयता कार्यान्वयनको ठूलो चुनौतीको विषय बनेको छ । त्यसकारण सांसदको जिम्मेवारी र भूमिका बुझ्ने र बुझाउने सवालमा सञ्चारमाध्यमले अभियानकै रूपमा बुझाउन आवश्यक छ । नत्र मतदाताले विकास निर्माण नहुँदा सांसदले गरेरन् भन्ने बुझाइ राखिरहेका हुन्छन् ।”

    गिरीले जनताले कस्ता र कति कानुन बनाइयो भन्नेभन्दा के कति विकास निर्माण भयो भन्ने आधारमा मूल्याङ्कन गर्दै आएका र भोलि कस्तो कानुन बनाउनुहुन्छ भन्ने नभई खेलमैदान, धारा, विद्यालयआदिको निर्माण कसरी गर्नुहुन्छ भन्ने प्रश्न जनताबाट आइरहेको अनुभव सुनाउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा पूर्वसांसद माधव सापकोटा पनि संविधानमा सांसदको काम, कर्तव्य, अधिकार के छ रु त्यो कुरा उजागर गर्नुपर्नेमा जोड दिनुहुन्छ । “सांसद भनेको विधायक हो, सांसद हुनुका नाताले जनताका सरोकारका कुरा त सांसदले उठाउनुपर्छ तर विकासका आयोजनामा प्रत्यक्षतः सांसदको भूमिका हुँदैन”, सिन्धुपाल्चोक क्षेत्र नं १ का उम्मेदवार नेता सापकोटाले भन्नुभयो, “अहिले पनि मतदाता र उम्मेदवारको ध्यान पूर्वाधार विकास निर्माणमा रहेको देखिन्छ । सांसद विकासे प्रतिनिधि होइन, विधि निर्माणकर्ता हो । संविधानले तीन तहको सरकारका कार्यभार तोकेर कस्ता आयोजना कुन सरकारको कार्यक्षेत्रमा पर्ने स्पष्ट नै गरेको छ ।” उहाँले अब बन्ने संसद्बाट मुलुकभित्रका मुख्य समस्याको समाधानका लागि कस्तो गुणस्तरीय र जनउत्तरदायी विधि आवश्यक छ र त्यो कसरी बनाउने भन्ने सङ्कल्प उम्मेदवारले गर्नुपर्ने जनाउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद असिम शाह उम्मेदवारले उम्मेदवारले घर–दैलो गर्दा आफ्ना क्षेत्रका नागरिकलाई ‘सांसद भनेको बाटो र पुल बनाउने व्यक्ति होइन, देशका लागि कानुन बनाउने जिम्मेवार प्रतिनिधि हो’ भन्ने कुरा बुझाउन र त्यसपछि मात्रै संसदीय चुनावको औचित्य पुष्टि हुने बताउनुभयो । 

    “मतदाताले नबुझेका हुन् भने बुझाउनु उम्मेदवारको कर्तव्य हो र उम्मेदवारले कुरा बुझेको भएर पनि चेतना नफैलाउनु भनेको स्पष्ट बेइमानी हो”, नेता शाहले भन्नुभयो । उहाँले सांसद् संसद्मा नीति, कानुन बनाउन जाने हो भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । “फोहोरमैलाको समस्या छ भने उठाउने काम सांसदको होइन, दीर्घकालीनरूपमा त्यो समस्या कसरी समाधान गर्ने भन्नेमा लाग्ने उसको दायित्व हो”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.