सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १४:१९ 
  • कीर्तिपुर (काठमाडौँ), १३ माघ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग बढाउन बलियो कानुनी तथा नीतिगत आधार तयार गर्नेतिर सरकार लागेको बताउनुभएको छ । सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न यस्तो व्यवस्था आवश्यक भएको भनाइ उहाँको छ ।

    आज यहाँ सम्पन्न हरित ऊर्जा र कार्बन अर्थतन्त्रसम्बन्धी  राष्ट्रिय सम्मेलनमा मन्त्री सिन्हाले संविधानले हरेक नागरिकलाई दिएको स्वच्छ वातावरणको हक र दिगो विकास लक्ष्य भेट्न पनि यस्ता नीति  चाहिने बताउनुभयो । विद्युतीय उपकरण र सवारीसाधनमा दिइएको सहुलियत, सन् २०३५ सम्म सौर्य ऊर्जाको जडित क्षमता ५०० मेगावाट पु¥याउने लक्ष्य तथा हालै बनेको इथानोल मिश्रणसम्बन्धी कार्यविधि यसैको उदाहरण भएको उहाँको भनाइ थियो । परम्परागत भट्टीलाई विद्युतीय भट्टी परिवर्तन गर्नसमेत सहुलियत दिइएको उहाँले उल्लेख गर्नुभयो । 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले कुल ऊर्जा खपतमा ६० प्रतिशत अझै आयातित इन्धनको रहेको अवस्थामा कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । नीतिगत स्पष्टता भए पनि कार्यान्वयन पक्ष फितलो रहेको र निजी क्षेत्रलाई आकर्षित गर्ने काममा उल्लेख्य प्रगति हुन नसकेको भनाइ पनि उहाँको थियो । 

    “बैङ्कहरुमा रु ११ खर्ब बराबरको कर्जा योग्य रकम रहेको र ब्याज कम भएको बेला हरित ऊर्जामा लगानी गर्ने राम्रो मौका रहेको विषय निजी क्षेत्रलाई राम्रोसँग बुझाउनुपर्छ,” उहाँले भन्नुभयो । 

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक अहिलेसम्म नवीकरणीय ऊर्जाबाट १४० मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिँदै यसलाई बढाउन २७ मेगावाट सौर्य ऊर्जा प्लान्ट र विद्युत् खपत बढाउन १३२ वटा चार्जिङ स्टेसन र ५१३ वटा चार्जिङ लेन्सको व्यवस्था गरेको जानकारी दिनुभयो । सिँचाइमा आयातित इन्धनको खपत घटाउन चार हजार १३७ वटा सोलार पम्पको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.