सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मैदानको काम शुरु


  •    न्युजभित्तो/१२ माघ २०७६, आईतवार १०:१६ 
  • चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मैदानको काम शुरु भएको छ । १६ लाख लिटर पानी क्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारदेखि मैदानको काम शुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । शनिबारदेखि शुरु भएको मैदानको काम ४ महिनामा सकिने उहाँले बताउनुभयो ।

    ‘सेयर वाल ड्रेनेज ढलानको काम सकेर हामीले मैदानको काम शुरु गरेका छौँ’ उहाँले भन्नुभयो, ‘अबको ४ महिनाभित्र मैदान निर्माण सम्पन्न गर्नेछौँ ।’ यसअघि साइट क्लियर नहुँदा समस्या भएको भन्दै उहाँले शनिबारदेखि मैदानको काम शुरु भएको बताउनुभयो ।

    मैदान पुर्नका लागि आवश्यक माटोको पनि व्यवस्था भईसकेकोले अब काम रफ्तारमा अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भोलिदेखि पाँचवटा टिपरले माटो तान्ने र डोजरले मैदान सम्याउने काम गर्ने बताउनुभयो । माघ १९ गतेबाट शुरु हुने महायज्ञ अघि मैदानको आकार तयार भईसक्ने पनि कट्टेलले बताउनुभयो ।

    यस्तै, शनिबारदेखि नै प्याराफिटको काम समेत शुरु भएको कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराफिट अन्तर्गत पिलरको पीसीसी ढलानको काम शनिबार विधिवत रुपमा शुरु भएको छ । जग पहिले नै खनिसकेको र पीसीसी ढलानको काम भने शनिबारदेखि शुरु भएको उहाँले बताउनुभयो । उक्त प्याराफिट ३० हजार क्षमताको हुनेछ ।

    स्रोत व्यवस्थापन भएको खण्डमा २ वर्ष भित्र रङ्शाला निर्माण सम्पन्न हुनेमा आफु ढुक्क रहेको रङ्गशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस– सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेलले बताउनुभयो । ‘पहिले हामीले दुई वर्ष, दुई वर्ष भन्यौँ तर बीच बीचमा विविध कारणले काम रोकियो’ उहाँले भन्नुभयो, ‘तर आज म भन्छु, स्रोत व्यवस्थापन भएको खण्डमा आजको मितिबाट दुई वर्षभित्र रङ्गशाला ठडिन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.