सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार ११:४३ 
  • काभ्रेपलाञ्चोक, ९ माघ । जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।

    “सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ”, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै रासससँग भन्नुभयो ।

    जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना छ ।

    काभ्रेपलाञ्चोकमा कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका छन् ।

    यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ । माग भएको निवार्चन प्रहरी सङ्ख्यामा दुई हजार ४९३ ले आवेदन दिएकामध्ये परीक्षामा दुई हजार २८३ सामेल जिल्ला प्रहरीले जनाएको छ ।

    जिल्लाको दुई प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्र तीन गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    निर्वाचन क्षेत्र नं २ मा १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । उसका अनुसार जसमध्ये क्षेत्र नं २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला प्रतिस्पर्धामा छन् ।

    क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित उम्मेदवार छैनन् तर जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.